दफा ५५२
फरक गुणस्तरयुक्त वस्तु स्वीकार वा इन्कार गर्न सक्ने

(१) करारमा उल्लेख गरिएको भन्दा फरक गुणस्तरयुक्त वस्तु क्रेताले बिक्रेतालाई बुझाउन ल्याएमा क्रेताले त्यस्ता सम्पूर्ण वस्तु स्वीकार गरी बुझिलिने, सम्पूर्ण वस्तु बुझिलिन इन्कार गर्ने वा त्यसको कुनै अंश स्वीकार गरी बाँकी वस्तु इन्कार गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै वस्तु सम्पूर्ण रूपमा वा त्यसको कुनै अंश इन्कार गरेकोमा क्रेताले त्यस्तो वस्तुको सट्टामा अर्को वस्तु बुझाउन वा त्यस्तो वस्तुको गुणस्तर सुधार गर्न सकिने रहेछ भने गुणस्तर सुधार गर्न बिक्रेतालाई सूचना दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना दिइएकोमा बिक्रेताले क्रेताले दिएको सूचना बमोजिम वा आपसमा निर्धारण गरिएको सहमति बमोजिम त्यस्ता वस्तुको सट्टामा अर्को वस्तु बुझाउनु वा त्यसको गुणस्तर सुधार गर्नु पर्नेछ ।